Take a fresh look at your lifestyle.

शिक्षकहरूलाई प्रतिपक्षीले उत्तेजित पारेको बर्तौलाको आरोप

0

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजानगरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरिरहेको जिकिर गरे ।

‘प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आयो’, उनले भने ।

बर्तौलाले जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल गरे । बानेश्वरमा आइतबार भएको झडप दु:खद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सरकार र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानून बनायौं भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई उनको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.