Take a fresh look at your lifestyle.

असिम शाहको आग्रह- मेटा नेपालमा दर्ता हुन किन डराइरहेको छ ? छानबिन होस् (भिडिओ)

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सरकारले मेटालाई नेपालमा प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पहिले आफ्नो नीति सुधार गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिङ्गो नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने गरी कम्पनीसँग संयमित भएर वार्ता गर्न सुझाव दिएका हुन् ।

मेटा नेपालमा दर्ता हुनुपर्ने आफ्नो मत पनि रहेको उल्लेख गर्दै उनले कानून र नीतिहरू सुधार गरी अगाडि बढ्नुपर्नेमा धम्की दिन नहुने बताए ।

उनले भने, ‘साना उद्योगदेखि ठूला व्यापारसम्म यसको प्रयोग हुन्छ। लाखौँ साना उद्यमी, स्टार्टअप व्यवसायीहरू यिनै माध्यमबाट आफ्नो जीवन र व्यवसाय धानिरहेका छन्। त्यसैले, मेटालाई नेपालमा दर्ता गराउनुपर्छ र विदेशी कम्पनीहरूले नेपालको कानुन र नीतिलाई सम्मान गर्नै पर्छ भन्ने कुरामा कुनै दुई मत छैन। तर हाम्रो कानुन तथा नीतिमै केही उल्झनहरू छन् भने सो को समाधान नगरी चेतावनी मात्र दिने हो भने, त्यो लाजमर्दो हुनेछ । मेटाले अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ ? यसको गहिरो छानबिन होस्।’

एक दुई दिनको धम्की शैली त्याग गरेर सरकारले संयमता, गम्भीरता र कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्ने उनको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.