Take a fresh look at your lifestyle.

नेकपा एस बझाङको अधिवेशन मिति तय

0

बझाङ । नेकपा एस बझाङको जिल्ला अधिवेशन यही जेठ ११-१२ गते झोता बजारमा तय गरिएको छ ।

चैनपुरमा पत्रकार सम्मेलनमार्फत् पार्टीले अधिवेशनको तयारीबारे जानकारी गरायो । अधिवेशनका लागि संघीय सांसद तथा पार्टी उपाध्यक्ष भानुभक्त जोशी पनि जिल्ला आएका छन् । उद्घाटनका महासचिव घनश्याम भुसालसहितका शीर्ष नेता आउने बताइएको छ ।

जिल्लाका १२ वटा पालिकाबाट २५१ जना प्रतिनिधि र १६१ जना आयोजकसहित ४१२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् । दलित, महिला, युवा र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने जिल्ला सचिव लक्ष्मी जोशीले बताइन् ।

पत्रकार सम्मेलनमा नेता भानुभक्त जोशीले झण्डै दुई तिहाइको सरकारले जनअपेक्षा अनुसारको काम नगर्दा जनतामा निराशा बढेको बताए ।

‘गर्भनर नियुक्तिमा समय खेर गयो, संवैधानिक निकाय र विश्वविद्यालयमा अझै प्रभावकारी नियुक्ति हुन सकेको छैन । रोजगारी सिर्जना, उत्पादन वृद्धि र सुशासनका क्षेत्रमा सरकार पूर्ण असफल देखिएको छ’, उनको टिप्पणी थियो ।

Leave A Reply

Your email address will not be published.