Take a fresh look at your lifestyle.

नेकपा (बहुमत) को हितेन्द्रलाई बुझायो ९ बुँदे मागपत्र

0

काठमाडौं । अघोषित लोडसेडिङ गर्ने कार्य तत्कालन बन्द गर्न नेकपा (बहमत)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएको छ ।

जिल्ला समिति काठमाडौंले शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने कार्य बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

बहुमतले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको भन्दै ऊर्जा क्षेत्रमा बिचौलियाको प्रवेशलाई सहज हुने गरी बनाइएका नीति नियम तुरुन्त खारेज गर्न माग गरेको छ ।

यस्तै प्राधिकरण मार्फत प्रोजेक्ट बेचबिखन गर्ने कार्य बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरणको अन्त्य गर्नुपर्ने, विद्युतको पहुँच नपुगेका क्षेत्रमा यथाशीघ्र बत्ती जडानको कार्य सञ्चालन गर्न कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराएको छ ।

साथै विद्युतको महसुल बढाउने कार्य बन्दगर सर्वसाधारण नागरिकलाई सुलभ महसुलको व्यवस्था गर्न र स्वदेशमै विद्युतको खपत गरी महँगोमा विद्युत् खरिद गर्ने कार्य बन्द गर्न पनि ध्यानाकर्षण गराइएको नेकपा (बहुमत) जिल्ला सचिव दर्शनकुमार नेपालीले जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.