Take a fresh look at your lifestyle.

कांग्रेस अनुशासन समितिमा २१ सय उजुरीको चाङ, बागी विद्राेहीविरुद्धका धेरै

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको अनुशासन समितिमा थुप्रिएर उजुरीको गाँठो फुकाउन सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

आज बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले अहिलेसम्म निरूपण नभएकाले उजुरीहरूबारे महामन्त्रीले सभापतिसँग गरेपछि सदस्यता व्यवस्थापन समिति र अनुशासन समितिको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको समिति सदस्य प्रकाश स्नेहीले बताए ।

उनका अनुसार कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी छन् ।

उनले भने, ‘सदस्यता व्यवस्थापन समिति र अनुशासन समितिको बैठक बसेर कुन कुन मापदण्डमा कहाँ-कहाँ किन कारबाही र निलम्बन भयो त्यसबारे हप्ता दशदिनभित्र निर्णय गर्छौँ । त्यसपछि नवीकरण प्रक्रिया सहज हुन्छ ।’

अधिकांश उजुरी आफ्नो पार्टीका विरूद्ध बागी उम्मेदवारी दिएका, गठबन्धन हुँदा अरू पार्टीका विरुद्ध उम्मेदवारी दिएका, समर्थक प्रस्तावक भएका, अन्तर्घात गरेका, कुनै इगोले पार्टी छाडेको तर तुरुन्तै फर्किएकाहरू रहेको बताए ।

उनले थपे, ‘आफ्नो उम्मेदवारलाई असहयोग गरेकाहरू छन्। त्यसैले प्रकृति अनुसार मापदण्ड बनाएर कारबाही गरिएको छ, त्यो कहाँ कहाँ फुकुवा भयो। कहाँ माफी दिइयो भन्ने जानकारी हुने गरी हामीले मागेका छौँ ।’

Leave A Reply

Your email address will not be published.