Take a fresh look at your lifestyle.

जनसांस्कृतिक महासंघ केन्द्रीय महाधिवेशनको तयारी पूरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

0

कैलाली । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय महाधिवेशन बुधवार हुने भएको छ ।

जनसांस्कृतिकमार्फत सुव्यवस्था कायम गर्न लागिरहेको जनसांस्कृतिक महासंघले ९ औँ महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

वैशाख १७र १८ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने छन् ।

उद्घाटन सभामा २२ प्रकारका झाँकीसहित विभिन्न सांस्कृतिक प्रस्तुति रहने नवौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति संयोजक प्रेमनाथ अधिकारीले जानकारी दिए। केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सक्षम र सवाल नेतृत्व चयन गर्ने दाबी गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रचारप्रसार संयोजक अशोक राई (प्यासी) ले जानकारी दिए। कार्यक्रम प्रभातफेरि पछि ११ बजेदेखि सुरु हुने उनले बताए।

Leave A Reply

Your email address will not be published.