काठमाडौं । २६ औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन आज तनावग्रस्त बनेको छ । आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गर्यो ।
सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्यो । आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गरेका छन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।
शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।