Take a fresh look at your lifestyle.

सुदूरपश्चिममा मन्त्रिपरिषद्को निर्णय- लागूऔषध नियन्त्रण र सीमा आवागमन सहजीकरण गर्न समिति बनाउने

0

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले लागूऔषध नियन्त्रण गर्ने र नेपाल भारत सीमा आवागमन सहजीकरण गर्न समिति बनाउने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बढ्दो लागूऔष दुर्व्यसनीले समाजमा विकराल समस्या निम्त्याएको भन्दै नियन्त्रण गर्न समिति गठन गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठन हुने लागूऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवहरु , कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानका सुरक्षा निकायका प्रदेश प्रमुख रहने उक्त समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव सदस्य सचिव रहने जनाइएको छ ।

भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण, लागुऔष नियन्त्रण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरुको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको हो ।

सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण गर्न बनाउने समितिको संयोजक पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिब रहने छन् ।

आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानका सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य रहनेछन् ।

उक्त समितिको सदस्य सचिव पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव रहने छन् ।

यस समितिले राजश्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरुको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यविवरण र कार्ययोजना तयार गर्ने छ ।

Leave A Reply

Your email address will not be published.