Take a fresh look at your lifestyle.

टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी, पुनर्विचार गर्न बीसीसीआईको आग्रह

0

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् । कप्तान रोहित शर्मापछि उनले पनि सन्यासको मनस्थिति बनाएका हुन् ।

३६ वर्षीय कोहलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यो निर्णयबारे जानकारी गराएका छन्। यद्यपि, बीसीसीआईले विशेषगरी आगामी जुन-जुलाईमा हुने इंग्ल्यान्डविरुद्धको महत्त्वपूर्ण पाँच टेस्ट म्याचको शृंखलालाई मध्यनजर गर्दै उनलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

भारतीय टेस्ट टोलीका नियमित कप्तान रोहित शर्माले मे ७, २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएको केही दिनपछि कोहलीले पनि उनलाई पछ्याउने मनस्थिति बनाएका हुन्। कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।

कोहलीको टेस्ट करियर

विराट कोहलीले २०११ मा वेस्टइन्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए। हालसम्म उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्। उनको टेस्ट करियरमा ३० शतक, ३१ अर्धशतक, र ७ दोहरो शतक समावेश छन्।

उनले टेस्टमा ९,००० रनको आँकडा पार गर्ने चौथो भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन्। पछिल्लो समय, उनले २०२४ मा पर्थ टेस्टमा अष्ट्रेलियाविरुद्ध ३०औँ टेस्ट शतक प्रहार गरेका थिए, जसले उनलाई डन ब्र्याडम्यान (२९ शतक)लाई उछिन्दै सचिन तेण्डुलकर (५१ शतक), राहुल द्रविड (३६ शतक), र सुनिल गावस्कर (३४ शतक) पछि भारतको चौथो स्थानमा पुर्‍याएको थियो।

कोहलीले २०२४(२५ को अष्ट्रेलिया भ्रमणमा सम्पन्न भएको बोर्डर(गावस्कर ट्रफीपछि आफ्नो टेस्ट भविष्यबारे सोच्न थालेका थिए। उक्त शृंखलामा पहिलो टेस्टमा शतक बनाए पनि बाँकी म्याचमा उनको प्रदर्शन खासै प्रभावशाली रहेन। उनले पहिलो इनिङमा १७ र दोस्रो इनिङमा ६ रन मात्र बनाएका थिए। यो शृंखलामा उनको समग्र प्रदर्शनले उनको टेस्ट क्रिकेटमा निरन्तरताबारे प्रश्न उठाएको थियो।

बीसीसीआईको चिन्ता
इंग्ल्यान्डविरुद्धको आगामी शृंखलालाई मध्यनजर गर्दै बीसीसीआईले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। रोहितको अनुपस्थितिमा कोहलीको अनुभव र ब्याटिङ क्षमता टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

इन्डियन एक्सप्रेसले एक सूत्रलाई उद्गत गर्दे लेखेको छ, ‘विराटले आफ्नो मन बनाइसकेका छन् र बीसीसीआईलाई टेस्ट क्रिकेट छोड्ने जानकारी दिएका छन्। तर, बोर्डले उनलाई इंग्ल्यान्ड भ्रमणको महत्त्वलाई ध्यानमा राखेर पुनर्विचार गर्न भनेको छ। उनले अहिलेसम्म यो अनुरोधको जवाफ दिएका छैनन्।’

Leave A Reply

Your email address will not be published.